बनेपा/सशस्त्र प्रहरी बल काभ्रेका एसपी बेनु पाठकको सरुवा भएको छ । सीमा सुरक्षा विभागमा पाठकको सरुवा भएको हो ।
शशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेका एसपी बेनु पाठकको स्थानमा सशस्त्र प्रहरी बल,नेपाल नम्वर ३ गण हेडक्वाटर नम्वर २२ गण हेडक्वाटरका गुह्ेश्वरी भक्तपुरमा कार्यरत एसपी बनेपा १२ महेन्द्रज्योती बाँस्डोल निवासी पुरुषोतम थापाको सरुवा भएको छ । शशस्त्र प्रहरीले काभ्रेमा औपचारिक रुपमा २०७६ बैशाख १६ गतेबाट कार्य शुरु गरेको हो । पाँचखालमा रहेको गणको नवनिर्मित भवन सहितको आईजिपी शैलन्द्र खनालले असार २९ गते शुभारम्भ गरेका हुन् । पाठकलाई प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।





