2026 April 21/ 06:26: 07pm

    बनेपा/बनेपाका समाजसेवी तथा नेपालभाषा आन्दोलनका अभियन्ता सिद्धिबहादुर कर्माचार्यले धर्म, संस्कृतिका लेखकलाई प्रत्येक वर्ष जनमतको वार्षिकोत्सवको अवसरमा सम्मान हुने गरी ‘जनमत–सिचि सम्मान’ को स्थापना गरेका छन् । 
    सिद्धिबहादुरको ‘सि’ र चिनीमायाको ‘चि’ जोडेर पुरस्कारको नामाङ्कन गरिएको हो । सम्मानका लागि अक्षयकोषमा रहने गरी एक लाख एघार हजार एकसय एघार जनमत कार्यालयमा जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवाललाई कर्माचार्यले हस्तान्तरण गरेका थिए । उक्त पुरस्कारको कोष स्थापना सँगै जनमतका नामबाट एघारवटा सम्मान प्रदान गरिने अध्यक्ष दुवालले बताए ।