2026 April 21/ 06:26: 07pm

   बनेपा/एल एंड एन मोडेल एजेंसी प्रा लि ले लुकेर रहेका प्रतिभा हरुलाइ नयाँ अवसर प्रदान गर्ने उदेश्यले बनेपामा फेसन शो आयोजना गर्ने भएको छ । शनिबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाले फेसन शो का बारेमा जानकारी गराएको थियो । 
    यस अघि उक्त संस्थाले काठमाडौ, जनकपुर, बर्दिबास, मिर्चैया, लहान पश्चात  काभ्रे जिल्लाम ाउक्त कार्यक्रम गर्न लागेको हो । लुकेर रहेका प्रतिभाहरुलाइ नँया अवसर दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । उक्त फेशन शो कार्यक्रममा बिबाहित, अबिबाहित, महिला र पुरुष दुवैको सहभागिता रहनेछ । इच्छुक ब्यक्तिहरु सबैले भाग लिन सक्ने ब्यवस्था गरिएको छ ।