2026 April 21/ 06:27: 08pm

    बनेपा/जुलाई अन्तराष्ट्रिय न्याय दिवस -international justice Day  or world Day for international justiceको उपलक्ष्यमा एम्नेष्टि इन्टरनेशनल नेपाल समूह, ४३ बनेपा र एम्नेष्टी इन्टरनेशनल नेपाल बनेपा युथ नेटवर्क, बनेपाले न्याय दिवस मनाएको छ । 
    बनेपा पार्टी भेन्यु, बनेपामा समूह ४३,बनेपा संयोजक राजन भालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युथका उप–संयोजक अस्मिता तिमल्सिनाले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रममा प्रमुख वक्ता समुहका संस्थापक संयोजक तथा केन्द्रिय सल्लाहकार राजु सरकार रहेका थिए । त्यसै गरी कार्यक्रममा समुह ७२, पनौतिका संयोजक सोमप्रसाद हुमागाईले विभिन्न अधिकार, कानुन र न्यायको बारेमा एम्नेष्टी नेपालले गर्ने कार्यका बारेमा वताएका थिए । कार्यक्रममा समुहको नियमित आर्थिक संकलनको कार्यक्रम एक रुपियाँ एक बन्दि, एक हस्ताक्षर एक जीवनबाट संकलन भएको रकम समुहका कोषाध्यक्ष रुबिना मकै श्रेष्ठद्वारा युथ संयोजकलाई हस्तान्तरण गरिएको थियो । 
    कार्यक्रम अध्यक्ष समुह ४३,बनेपाका संयोजक राजन भालुद्वारा सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको सभापतित्व गरेका थिए ।