धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दर्ता भएका मुद्दाहरु मध्ये १ सय ५६ वटा फछर्याैट भएका छन् । प्रशासन कार्यालयमा २ सय ७९ थान मुद्दा दर्ता भएका थिए ।
प्रमुख जिल्ला अधिकारीले दर्ता भएका मुद्दाहरुको फछर्याैट गर्ने कानुनी ब्यवस्था छ । नयाँ संविधान पछि जारी भएको संहिता कानूनले जिल्ल प्रशासन कार्यालयलाई अभद्र ब्यवार, दुषित बदर सम्वन्धी मुद्दा हेर्ने अधिकार छ । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरि आएका १ सय ३ थान मुद्दा र नयाँ १ सय ७६ थान गरी २ सय ७९ मध्ये १ सय ५६ वटा मुद्दा फछर्याैट भएका हुन् । १ सय २३ वटा मुद्दा चालु वर्षका लागि जिम्मेवारी सरी आएका छन् । प्रशासनमा रहेका अधिकांश मुद्दा अभद्र ब्यवहारका छन् । दुषित वदर सम्वन्धी केहि थान मुद्दा छन् । अभद्र ब्यवहारमा १० हजार सम्म जरिवना गर्न सक्ने अधिकार छ ।





