2026 April 21/ 04:57: 22pm

    बनेपा/बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको सक्रियतामा चण्डेश्वरी मन्दिरमा हुन लागेको बालविवाह रोकिएको छ । 
    चश्डेवरी मन्दिरमा बाल विबाह हुदै गरेको जानकारी पाउन साथ  मन्दिरमा गएर बालविवाह रोकेको अध्यक्ष अधिकारीले जानकारी दिएका थिए । अध्यक्षका अनुसार रोशी गाउँपालिका ६ का १८ वर्षिया दुलाह र चौरी देउराली गाँउपालिका ३ की १३ वर्षिया दुलही बिच हुदै गरेको विवाह रोकिएको हो । बाल विवाह हुदै गरेको स्थानीयले अध्यक्षलाई जानकारी दिए पछि अध्यक्षको सक्रियतामा विवाह रोकी प्रहरीलाई खवर गरिएको थियो । प्रहरी, वडा अध्यक्षको रोहबरमा राखि अभिभावकलाई जिम्बा लगाएको थियो । बाल विवाहका बारेमा अभिभावकलाई कानुनी कार्वाही, भविश्यमा हुन सक्ने जोखिम, वर्तमान अबस्थामा हुन सक्ने समस्या, सामाजिक, सास्कृतिक रुपमा देखा पर्ने समस्याहरुका बारेमा अवगत गराएर विवाह रोकिएको अध्यक्ष अधिकारीले बताए । दुलाह, दुलहिलाई सम्झाएर विवाह रोकिएको बतार्ईएको छ ।