देविटार/धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारमा बुहारीले सासुलाई कुटेर मारेकी छिन् । असार ३१ गते राति देविटारमा घरमै बसिरहेका बेला बुहारीले सासुलाई कुटेर मारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बताए ।
६३ बर्षिय सासु माईलीमाया तामाङलाई उनकी जेठी बुहारी २४ बर्षिया सुन्तली तामाङले घरायसी बादबाविवादको कारण लछार पछार गरी भुईमा पछार्दा टाउको र पेटमा गम्भिर चोट लागी सिरियस घाईते भई उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । प्रहरीले बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको छ ।





