बनेपा/जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ५ घोकेचौरमा आलुको चिप्स र भुजिया उद्योग शुरु भएको छ । सुपरजोन कार्यक्रम अन्र्तगत आलु सुपरजोनको सहयोगमा उक्त उद्योग शुरु भएको हो ।
सुपरजोन कार्यक्रमबाट १५ लाख मेशिनरी खरिद कार्यक्रममा अनुदान उपलब्ध गराईएको छ । बनेपा ५ का इच्छाराम दाहालले थप गरी ५४ लाख रुपैयामा उक्त उद्योग शुरु गरिएको हो । उद्योग स्थापना कार्यक्रममा सुपरोजन कार्यक्रमका प्रमुख दिपक पौड्याल, सुपरजोन कार्यक्रम संचालक समितिका अध्यक्ष हरि खतिवडा, बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उद्योगका लागि मेशिनरी खरिदमा ३५ लाख रुपैया खर्च भएको छ । चिप्ससँगै ७० प्रतिशत आलु र ३० प्रतिशत बेशन मिसाएर भुजिया उत्पादन गरिन्छ । उद्योगबाट तयारी चिप्सका लागि १ सय किलो अलाुबाट २५ किलो चिप्स तयार हुन्छ । सानो आलुबाट भुजिया तयार हुन्छ । ७ जनाको जनशक्तिले उक्त उद्योग संचालन गरिएको छ ।





