2026 April 21/ 05:28: 15pm

    धुलिखेल/स्वास्थ्य कार्यालय धुलिखेलको आयोजनामा प्रकोपको अवस्थामा बहुनिकाय अन्र्तकृया तथा आरआरटी बैठक सम्पन्न भएको छ । 
    स्वास्थ्य प्रमुख नन्दराज अवस्थीले जिल्लामा भएका विषयहरुका बारेमा जानकारी गराएका थिए । बैठकमा प्रकोपको अवस्थामा बहुनिकायले गर्नुपर्ने भूमिका र दायित्वका बारेमा छलफल भएको थियो । प्रकोप निम्तिन सक्ने क्षेत्र, अवस्था र त्यसको रोकथामका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।