धुलिखेल/नेपाल पत्रकार महासंघ काभ्रे शाखा र नाङ्गशाल एशोसिएसनको आयोजनामा लैङ्गिक तथा सिमान्तकृत समुदायको सवाल विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
अध्यक्ष मोतिराम तिमल्सिनोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाङ्गशाल एशोसिएसनका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मोक्तान लगायतले लैङ्गिक तथा सिमान्तकृत समुदायको सवालका बारेमा संचारमाध्यममा उठाउनु पर्ने विषयका बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा प्रा.डा. विनु पोखरेल, प्रकाश सिलवाल, सुनिता राउत लगायतले संचारमाध्यमका विषयमा सिमान्तकृत र लैङ्गिकताका विषयमा समेटिनु पर्ने बताएका थिए ।





