2026 April 21/ 05:27: 43pm

    बनेपा/निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) काभ्रेले एसईई २०७५ मा उत्तिर्ण सदस्य विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । 
    सम्मान कार्यक्रममा प्याब्सन केन्द्रिय अध्यक्ष टिकारम पुरीले विद्यार्थीहरुलाई सम्मान गरेका थिए । एसईई परीक्षामा क्षितीज ईङ्गलिस बोडीङ्ग स्कुलकी आरती ढुङ्गाना र सुर्याेदय अंग्रेजी माध्यमिक विद्यालयका सुभेष धाँजुले ४ जिपिए ल्याई जिल्ला टप गर्न सफल भएका थिए । जिल्ला टप तथा एसईईमा ३.२५ जिपिए ल्याउने प्याब्सनमा आबद्ध ५० विद्यालयका ९ सय ६३ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई सम्मान गर्दे प्रमुख अतिथी टिकारम पुरीले विद्यार्थीहरुलाई धेरै जिपिए आयो भनेर नमातिन र कम ल्याउने विद्यार्थीहरुले चिन्ता नलिन आग्रह गरे । माध्यमिक शिक्षामा एसईई एउटा खुटकिलो मात्र भएकाले माथिल्ला कक्षाहरुमा समेत मेहनत गर्न उनले आग्रह गरे । १३ वर्ष सम्म एउटै विद्यालयमा अध्ययन गरेरे माथि जादाँ केही फरक पन भए पनि पढाईमा उतिकै मेहनत र लगनशिल बन्न आबश्यक रहेको उनले  बताए । महँगो शुल्क र ठुला भबन हुदैमा पढाई राम्रो नहुने भएकाले सोच विचार गरेर मात्र उच्च शिक्षाका लागी भर्ना गर्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
    कार्यक्रममा प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिँया, केन्द्रिय सचिब भिमसेन केसी, केन्द्रिय सदस्यहरु सत्यनारायण श्रेष्ठ, हिरा शर्मा नेपाल, संस्थापक अध्यक्ष रवि श्रेष्ठ, प्याब्सन ३ नं. कमिटीका सह कोषध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई शुभकामना तथा बद्याई दिएका थिए । कार्यक्रममा ४ जिपिए ल्याउने विद्यार्थीद्धय आरती ढुङ्गाना र सुभेष भुजुले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले राखेका थिए । प्याब्यसनले विगतको कार्यलाई निरन्तरता दिदै विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताएका थिए । न्यापानेले कुनै पनि विद्यार्थीहरुले पढ्न रुची भएको विषय अध्ययनका लागी आर्थिक अभाव भएमा जिल्ला प्याब्सनले छात्रबृत्तिको आयोजना गरिएको बताए । 
कार्यक्रम प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।