2026 April 21/ 05:27: 42pm

    धुलिखेल, खावा/धुलिखेल नगरपालिका ८ बगैचामा धुलिखेल नगरपालिका र स्थानीयहरुको सहयोगमा सेतिदेवी मन्दिर निर्माण गरिएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सेतिदेवी मन्दिरको उद्घाटन तथा मूर्ति प्राण प्रतिस्थापन गरेका थिए ।
    नगर प्रमुख ब्याञ्जुले सेतिदेवी मन्दिरको मूर्ति प्राण प्रतिस्थापन गरेका थिए । ९ लाख ४४ हजार ८ सय २० रुपैयाँ खर्च भएको उक्त मन्दिरका लागि स्थानीय जनसहभागिता सहित ७ लाख ८३ हजार रुपैयाँ जुटेको थियो । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उपभोक्ताले तिर्न बाँकी १ लाख ६१ हजार रकम नगरपालिकाले ब्यहोर्ने बताए । २०५४ सालमा उक्त क्षेत्रमा सामुदायिक भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गरेको बताउँदै स्थानीय समुदायको आवश्यकता अनुसार विकास निर्माणमा नगरपालिकाले सहयोग गरिरहेको बताए । मन्दिर, सामुदायिक भवन, सडक, खानेपानी तथा अन्य पुर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गरेको नगर प्रमुख ब्याञ्जुले बताए । उपप्रमुख विमला शर्मा चौलागाईले नगरपालिकाले नगरबासीहरुको हितका लागि कार्य गरिरहेको बताउँदै धर्म, संस्कृतिको संरक्षण सँगै स्थानीय पर्वहरुको समेत ब्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको बताए । वडा अध्यक्ष निराजन जंगमले वडाका सबै बस्तिहरुमा आवश्यक पूर्वाधार निर्माणको कार्य तिब्र गतिमा भएको बताउँदै विकासमा राजनीति नगर्न स्थानीयहरुलाई अनुरोध गरे । धुर्वप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगिता हुमागाईले मन्दिर निर्माणका सन्दर्भमा भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष विमल हुमागाईले आय ब्यय प्रस्तुत गरेका थिए । 
    समितिमा सचिव नारायणप्रसाद दाहाल, सदस्यहरु रोम प्रसाद न्यौपाने, हरिप्रसाद हुमागाई, देवमाया न्यौपाने रहेका थिए । सोहि अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।