धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेल नगरपालिका क्षेत्र बनाई कार्यरत स्वास्थ्य संस्थाहरुलाई भेला गराई नागरिकको स्वास्थ्य प्रति सचेत रहन र नगरपालिकाको स्वास्थ्य नीति अन्र्तगत रहेर कार्य गर्न सुझाव दिएको छ ।
नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका क्षेत्र भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य प्रति सचेत रहँदै समन्वयमा कार्य गर्नु पर्ने बताउनु भयो । धुलिखेलमा रहेको धुलिखेल अस्पतालले धेरै ब्यक्तिहरुलाई सेवा दिन सक्ने भएकाले उसको क्षमता अनुसारको सेवा प्रवाह गर्न तथा अन्य संस्थाहरुले आवश्यकता अनुसारको नागरिकलाई सेवा उपलब्ध गराउन सम्वन्धित संघ संस्थाहरुलाई निर्देशन दिनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत विमला शर्मा, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी र सरोज थापा, धुलिखेल अस्पतालका प्रधुम्न श्रेष्ठ, डा. विराज कर्माचार्य, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका नन्दराज अवस्थी लगायतले धुलिखेल नगरपालिका भित्र रहेका नागरिकहरुको उपचारका लागि सबै सस्थाको समन्वय भएमा सबै खालको उपचार सेवा नागरिकले प्राप्त गर्न सक्ने धारणा राखेका थिए ।
धुलिखेल नगरपालिकामा झण्डै डेढ दर्जन संस्थाहरु स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।





