2026 April 21/ 06:02: 58pm

    धुलिखेल/कर्मचारीहरुका लागि धुलिखेल सदरमुकाम देखि राजधानीसम्मको यात्राका लागि मयुर यातायात प्रालीले कर्मचारी एक्सप्रेस सेवा शुरु गरेको छ । आईतबारबाट उक्त सेवा शुरु गरिएको हो । 
    सेवाको सहायक प्रजिअ बसन्तराज पुरीले एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए । धुलिखेलबाट काठमाडौ बसपार्कसम्म जानका लागि हरेक दिनको साँझ कार्यालय समय सकिएको १५ मिनेट पछि छुट्ने छ भने काठमाडौंबाट धुलिखेलसम्मको यात्रा ८.३० मा छुट्नेछ । कर्मचारीहरुको सेवाका लागि मयुर यातायातले विद्यार्थीलाई जस्तै सहुलियतमा एक्सप्रेस सेवा दिएको हो । शुभारम्भ गरेका दिन सहायक प्रजिअ बसन्तराज पुरी, जिल्ला बन कार्यालयका प्रमुख बद्रिकुमार कार्की, जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेति, सहायक बन अधिकृतहरु, कार्यालय प्रमुखहरु चढेर राजधानी गएका थिए ।