2026 April 21/ 04:50: 14pm

    धुलिखेल/अपाङ्गता सचेतना कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर ३ हेटौडाको सामाजिक विकास मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम धुलिखेलमा आयोजना गरिएको हो । 
    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला शाखा काभ्रेको समन्वय रहेको उक्त कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था, राज्यले उपलब्ध गराएका सेवा सुविधा, उपचार तथा आत्मनिर्भर बन्न भएका प्रयत्नका बारेमा छलफल भएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका अपाङ्गता सम्वन्धी संस्थामा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले अपाङ्गता भएका ब्यक्तिहरुले घर परिवार र समाजबाट भएका अपहेलना तथा सामाजिक संरचना र दृष्टिकोणका कारण भोगेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई अपाङ्गमैत्री नगर बनाउन आवश्यक पूवार्धार र अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम दिन शुरु गरिएको बताए । 
    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका डा. राजेन्द्रकुमार गिरी, जिल्ला जनस्वास्थ्य कार्यालयका नन्दराज अवस्थी, स्पाईनल इन्जरीका प्रज्वल घिमीरे, अपाङ्ग बाल अस्पताल, काभ्रे बहिरा विकास संघ लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो । नेपालमा २०६८ सालको जनगणना अनुसार नेपालमा जनसंख्याको २ प्रतिशत ब्यक्तिहरु अपाङ्गता छन् ।