2026 April 21/ 04:02: 18pm

    मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका ७ कुन्ताबजार भित्री सडक खण्ड स्थित नगर पालीका कार्यालय अगाडी  कुन्ताबाट रानीटार तर्फ जादै गरेको बा २१ प ८२८० नम्वरको मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टीँदा बिपरीत दिशा तर्फ आउदै गरेको बा ३ ख ९०३० नम्वरको निशान गाडीले ठक्कर दिएको छ । 
    मोटरसाईकल चालक काभ्रे चौरीदेउराली गाउँपालिका ८ घर भई मण्डनदेउपुर नगरपालिका कुन्ताबेसीमा ग्रील पसलमा काम गर्ने अन्दाजी वर्ष २५ का सचिन माझीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।