बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा एनसिसि राष्ट्रिय सेवा दल तालिम प्रदान गरेको छ । विद्यालयको कक्षा ८, ९ र १० का १४ वर्ष भन्दा माथिका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।
विद्यार्थीहरुलाई ७ दिने तालिम प्रदान गरी १ सय दिनको तालिममा छात्र १८ र छात्रा १८ गरी ३६ जना छनौट भएका छन् । छनौट भएका विद्यार्थीहरुलाई धुलिखेलको विष्ुणदल गणका प्रमुख तथा कर्णेल शुभाष खडकले विद्यार्थीहरुलाई तालिमको शुभकामना दिएका थिए । तालिममा विद्यार्थीहरुलाई आत्मरक्षा, खेलकुद, शारिरिक ब्यायाम, विपतमा उद्धार गर्न समेत सहयोग पुग्ने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रत्नकुश रञ्जितले विद्यालयमा बिभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरि विद्यार्थीहरुको पढाईको अलावा ब्यबहारीक शिक्षा दिदै आएको बताए । विद्यार्थीहरुलाई ब्यबहारीक र प्रयोगात्मक शिक्षा प्रादान गरी विद्यालयले रोजगारमुलक शिक्षा प्रादन गर्न अग्रसर भएको बताएका थिए ।
विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, प्रयोगात्मक परिक्षा, शिक्षा सम्बन्धी सचेतना मुलक कार्य गर्दे आएको बताए । कार्यक्रममा सहायक प्रिन्सिपल उमा बस्नेत, अतिरिक्त क्रियाकलाप प्रमुख विक्रम प्रजापति लगाएतले मन्तब्य राखेका थिए ।





