2026 April 21/ 04:02: 05pm

    बनेपा/आर्दश विद्या मन्दिर स्कुलमा शैक्षिक सत्र २०७६ देखी कक्षा ११ मा ब्यवस्थापन तथा कानुनका विषयमा अध्यापन गर्ने भएको छ । 
    विद्यालयले एक कार्यक्रम गरी ब्यबस्थापन र कानुन विषयका बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्र्तक्रिया कार्यक्रममा डा. प्रध्यापक रामकृष्ण तिमल्सिनाले कानुन र ब्यबस्थापनका विषयका बारेमा जानकारी गराएका थिए । तिमल्सिनाले विद्यार्थीहरुलाई पहिला संस्कार सिकाउनु पर्ने बताए । संस्कार हराउदै गएकाले लोकतन्त्र समेत खतरामा पर्दे गएकाले विद्यालय लेबल बाट नै सस्कार सिकाउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा तिमल्सिनाले प्रत्येक शैक्षिक संस्थाहरुले ब्यबहारीक शिक्षा र प्रयोगात्मक शिक्षा, नेपालमै उपयोग हुने शिक्षा दिई युवालाई विदेश जानबाट रोक्न सक्ने सिपमुलक शिक्षा दिन आवश्यक रहेको बताए । आर्दश विद्यालयले अहिले ल्यान लागेको विषयहरु जीवनपयोगी र ब्यबहारीक विषय भएकाले यस्को राम्रो भविश्य रहेको बताएका थिए । अन्र्तक्रिया कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ, नेपाल प्रहरीका हरीहर तिमल्सिना, विभिन्न विद्यालयका प्रिन्सिपल लगाएतको उपस्थित रहेको थियो । कार्यक्रममा विद्यालयका निर्देशक रामप्रसाद तिमल्सिनाले विद्यालयले कक्षा ११ सञ्चालनका लागी सम्पुर्ण भौतीक संरचना तयार भैइसकेको र १ पटक सम्ुर्णलाई विद्यालयमा अवलोकन गर्न आग्रह गरेका थिए । कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष प्रल्हाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।