2026 April 21/ 04:02: 04pm

    बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा ५ औ अन्तराष्ट्रिय योग दिवस मनाएको छ । 
कायर्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले योग गर्नाले मानिसमा लाग्ने रोग र लागेको रोग निको हुने बताए । 
    योग गर्ने भनेको स्वास्थ हुनु हो त्यसैले स्वस्थ्य हुन नियमित योग गर्न आग्रह गरेका थिए । औषधीमा मात्र जोड नदिई आर्युवेदिक औषधालय प्रयोग सगँ योग पनि गर्नेले रोग निदान हुने समेत बताए । दैनिक जीवनमा जति ब्यस्त भए पनि दिनको आधी घण्टा स्वास्थ्यका लागी छुट्ट्याउनु पर्ने बताएका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ५ का बलराम अधिकारी, कार्यपालिका सदस्य अम्बिका प्रजापति, सामाजिक विकास शाखा प्रमुख चिरञ्जीबी अर्याल, स्वास्थ्य शाखा प्रमुख राजकुमार काफ्ले लगाएतका ब्यक्तिहरुले योग र आयुर्बेद औषधिका फाईदाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम औषधालयका प्रमुख डा कविराज ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।