2026 April 21/ 04:25: 16pm

धुलिखेल/धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाको अनुदानमा विभिन्न किसिमका सिप सिकेका ब्यक्तिहरुको उत्पादनलाई प्रर्दशनी गरेको छ । नगरपालिको पाँचौ सभाको अवसरमा उत्पादित सामा्रीहरु प्रर्दशनी गरिएको हो । 
प्रर्दशनीमा विभिन्न प्रकारका खेलौना, अचार, मसला, सेनेटरी प्याड, हयाण्डी क्र्याफटका सामानहरु, जुत्ता, साबुन, क्रिस्टल माला लगायतका सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो । तालिम लिएर ब्यवसाय शुरु गरेका उद्यमीहरुले सामानहरुको विक्री वितरण शुरु गरेका छन् । महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड पुनः प्रयोग गर्न मिल्ने खालका छन् । नगरपालिकाले दिएको तालिमबाट महिलाहरुलाई उद्यमी र आत्मनिर्भर बनाएको बालिका कार्कीले बताईन् । 
त्यस्तै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई विभिन्न प्रकारका कृषि औजारहरु उपलब्ध गराएको छ । कृषकहरुलाई १ सय वटा टनेल, ७५ वटा ट्रयाक्टर, मकै छोडाउने मेशिन, धान चुट्ने मेशिन, ३७ वटा विद्यालयलको बाल विकास केन्द्रलाई खेलकुद तथा अध्ययनका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नगरपालिका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल लगायतले सामाग्री हस्तान्तरण गरेका थिए । एक घण्टामा दुई मुरी मकै छोडाउन सकिने मेशिनले समय र श्रमको बचत हुनेछ । कृषि औजारको प्रयोगले उत्पादन बृद्धी गर्ने र लागत कम गराउने उदेश्य नगरपालिकाको रहेको छ ।