2026 April 21/ 04:28: 37pm

धुलिखेल/लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस धुलिखेलमा ¥याली सहित मनाईएको छ । सरस्वती बजारबाट शुरु भएको ¥याली नगरका विभिन्न स्थानमा परिक्रमा गरी नगरपालिकाको सभा हलमा पुगेर सभामा परिणत भएको थियो ।
‘समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ जीवन’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जीवन विरुद्ध दुब्र्यसन उपचार तथा पुर्नस्थापना केन्द्र पाँचखाल नगरपालिका ३ को समन्वय रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र पुर्नस्थापना केन्द्रको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लालाई लागु औषध ओसारपसार मुक्त बनाउन सरोकारवाला निकायहरु सचेत हुनु पर्ने सहभागिहरुले बताएका थिए । 
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, विष्णु दल गणका गणपति सुभाष खड्का, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, शशस्त्र प्रहरीका एसपी भानु पाठक, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला, सहायक प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, जनस्वास्थ्य अधिकृत नन्दराज अवस्थी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले लागु औैषध ओसारपसार नियन्त्रण गर्न सबैले पहल गर्नु पर्ने बताए ।