उपेन्द्र अधिकारी/भकुण्डे
नमोबुद्ध नगरपालिका वडा नं. ८ र क्यापिटल साकोसको सयुक्त आयोजनामा तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने नशुल्क आँखा शिबिर कार्यक्रमको आयोजना गरेको छ ।
शिबिर कार्यक्रममा वडाका १ सय ७० जना ले आँखा चेक गराएका थिए भने मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामिहरुलाई आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गर्ने वडा अध्यक्ष शेर बहादुर तामाङले वताए । वडाले जनताको विकास निमार्ण सगै जनताका आधारभुत, स्वास्व्य, शिक्षा खेलकुद खानेपानि लगाएतको क्षेत्रमा कार्य गर्दै आएको बताइका थिए ।





