बनेपा/नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद को समवन्यमा चौधरी गुरुपको प्रायोजनमा अखिल नेपाल फूटबल संघको आयोजनामा र काभ्रे जिल्ला फूटबल संघको संयोजकत्वमा ८ गते देखि पधष्पक अगउ ष्लतभच कअजयय िछात्र र छात्रा राष्ट्रिय फूटबल प्रतियोगिता २०७६ शुरु भएको छ ।
बनेपा स्थित नेपाल बनेपा बहुप्राबिधिक शिक्षालयको खेल मैदानमा सुरु भएको छ।प्रतियोगिता को उदघाटन प्रमुख अतिथि बनेपा न पा वडा न ५ का वडा अध्यक्ष बलराम अधिकारी र विशेष अतिथि अखिल नेपाल फूटबल संघ का केन्द्रिय सदस्य एव रेफ्री संयोजक रबिन्द्र नाथ खोजु ले रेफ्रीलाई सम्युक्त बल हस्तान्तरण गरि गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथिले साना साना नानिहरु लाई पढाई सङ सङै खेलले शाररिक र मानसिक दुबै राम्रो हुनु का साथ साथै आगामी दिन मा काभ्रे जिल्ला बाट राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउनु भयो । बनेपामा रहेको एक मात्र खेल मैदानलाई राष्ट्रिय स्तरको बनाउन सहयोग पुर्याउने प्रतिबद्ता व्यक्त गर्नु भएको थियोे । कार्यक्रममा काभ्रे जिल्ला फूटबल संघका वरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ,सदस्य सुनिल कर्माचार्य,राम खड्गी,मुक्ती कपाली लगाएतको उपस्थित रहेको थियो। कार्यक्रममा प्रतियोगिताका संयोजक एव काभ्रे जिल्ला फूटबल संघ का सदस्य सागर मानन्धरले स्वागत गर्नु भएको थियो । पहिलो उदघाटन खेलमा बिद्या सागर ई.बो स्कुल बनेपा लाई २–० गोल अन्तरले पराजित गरि छितिज ई.बो स्कुल बनेपा दोस्रो चरणमा प्रवेश गरेको छ ।दोस्रो खेल नेपाल पुलिस स्कुलले ५–० गोल अन्तर ले धष्कमयm अयmगललष्तथ कअजयय ि,मण्डनदेउपुर लाई पराजित गरेको थियो भने तेस्रो रोमाञ्चक खेल नवरत्न ई.सेकेन्डरी स्कुल पनौती र धुलिखेल हाई स्कुल धुलिखेल बीचको खेल १–१ गोल को बराबर पछी पेनाल्टी सुटआउटमा ४–५ को गोल अन्तरले नवरत्न ई.सेकेन्डरी स्कुल पराजित गरि धुलिखेल हाई स्कुल बिजयी सरुवात गरेको छ ।
जिल्ला भर बाट छात्र मा २५ टिम र छात्रा मा ८ टिमको सहभागीता जनाएको प्रतियोगिता १८ गते समापन हुने प्रतियोगिता संयोजक सागर मानन्धरले जानकारी गराउनु भयो । कार्यक्रम संचालन काभ्रे जिल्ला फूटबल संघका महासचिव किशोर वरुण ले गर्नु भयेको थियोे ! प्रतियोगिता मा प्रथम हुने टिम ले प्रदेश स्तरको प्रतियोगितामा सहभागी जनाउने अवसर प्रदान गर्नुका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्र्रतियोगिताको सभापतित्व काभ्रे जिल्ला फूटबल संघका अध्यक्ष बिकास नारायण श्रेष्ठ ले गर्नु भएको थियो /





