2026 April 21/ 04:17: 19pm

    धुलिखेल/राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता धुलिखेलमा सम्पन्न भएको छ । सामाजिक विकास समिति सभापति एवं अध्यक्ष विष्णु धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले खेलकुद ब्यक्ति र समाज स्वस्थ बन्न महत्वपूर्ण भएकाले विद्यालयमा हुने शैक्षिक गतिविधि सँगै अतिरिक्त कुयाकलाप महत्वपूर्ण हुने बताए । विभिन्न विद्यालयको माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागि गराई भलिबल, एथलेटिक्सका विभिन्न विद्याहरुमा प्रतिस्पर्धा गराईएको उक्त प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगर प्रमुख ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्ष विष्णु धिताल, अर्जुन न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख उप समिति माधव शर्माले विद्यालयहरुमा नियमित खेलकुदका कृयाकलाप गराउँदै विद्यार्थीहरुलाई अभ्यास गराउन सुझाव दिएका थिए । कार्यक्रममा नगर स्तरीय शिक्षा समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । 
    त्यस्तै पनौती नगरपालिकामा आयोजित प्रतियोगिता शुक्रबार समापन भएको छ ।