धुलिखेल/पतञ्जली योग समिति काभ्रेको आयोजनामा अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा धुलिखेलमा योग अभ्यास सहितको कार्यक्रम सम्पन्न भएको छ ।
पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरबासिहरुलाई योग अभ्यास मार्फत स्वस्थ बनाउन विद्यालय तहमै योग अभ्यास गराउन उमाविका शिक्षकहरुलाई योग शिक्षकको तालिम प्रदान गरिएको बताए । आगामी वर्षमा योग अभ्यासका लागि बजेट विनियोजन गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले पूर्वेली र पश्चिमेली राष्ट्रहरु बीचको सभ्यताका बारेमा सम्मेलनको तयारी गरिएको बताउँदै योग दैनिक जीवनको आवश्यकता भएको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले योगका अभ्यास ब्यवहारिक रुपमा विद्यालय तहबाटै शुरु गरिनु पर्ने बताए ।
अभ्यास गर्नु र हेर्नु फरक रहेकाले समाजमा भईरहेका अपराध कम गराउन, जीवनबाट निराशा कम गर्न योग अभ्यास महत्वपूर्ण रहने तिमल्सिनाले बताए । कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रदेश अध्यक्ष ग्रुवेन तौजलेले सहभागिहरुलाई योग अभ्यास गराउँदै समाज र राष्ट्रको विकासका लागि योग महत्वपूर्ण भएको बताए । नेपालको प्रस्तावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ वर्ष अघि १ सय ७५ राष्ट्रहरुको सर्मथनमा योग दिवस जुन २१ मा मनाउन शुरु गरिएको छ । जिल्लामा पतञ्जली योग समितिले केहि दिन अघि १५ औ बार्षिकोत्सव मनाएको छ । जिल्लामा योग सम्वन्धी १८ वटा केन्द्रहरु स्थापना भएका छन् । हजारौै ब्यक्तिहरु योग अभ्यासमा सहभागि भएका छन् भने सयौ ब्यक्तिहरु योग शिक्षक तालिमबाट दिक्षित भएका छन् ।
जिल्लामा लामो समय देखि ग्रुवेन तौजलेको नेतृत्वमा योग अभ्यास तथा योग सम्वन्धी कार्यक्रमहरु हुँदै आएका छन् । कार्यक्रममा उपप्रमुख विमला शर्मा, कर्पाेरेट सदस्य उद्धव तिमल्सिना, केन्द्रिय सदस्य केशव खुलाल, प्रदेश समितिका महामन्त्री, सदस्य, जिल्ला सदस्यहरु, युवा समिति, महिला समिति, खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा योग सम्वन्धी प्रर्दशनी गरिएको थियो ।





