मण्डनदेउपुर/प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना मण्डनदेउपुर नगरपालिकामा शुरु भएको छ ।
मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाईवाले नगर भित्रका ६० जना युवाहरुलाई रोजगार उपलब्ध गराएको छ । प्रत्येक वडाबाट ५÷५ जना छनौैट गरी एक महिनाका लागि सडक सिमांकन, सिचाई योजना लगायतमा कार्य गराईनेछ । छनौट भएका युवाहरुमा वडा नम्वर २ बाट सबै महिला छन् भने वडा नम्वर ६ बाट दनुवार समुदायका छन् । काम गर्न छाडेर अन्यत्र नलाग्न सुझाव दिदै नगर प्रमुख इमान्दारीता आवश्यक रहेको बताए । बाटोको बर्गिकरण गरेर मापदण्ड तोकिएको बताउँदै त्यसकै आधारमा फराकिलो बनाउने ग्राभेलिङ्ग पुनर्निर्माणको कार्य शुरु भएको बताए । कार्यक्रममा उपप्रमुख निर्मला शाहि, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, नगरपालिका सल्लाहकार गोकुल गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, गोरखापत्रका कानूनी सल्लाहकार कुमार भट्टराई, नेकपा नेता विदुरप्रसाद सापकोटा, वडा अध्यक्ष नेत्रप्रसाद ढकाल लगायतले मन्तब्य राखेका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २९ लाख रुपैयाँ रकम प्राप्त भएको छ भने त्यसमा नगरपालिकाले २० लाख रुपैयाँ सामाग्री खरिदका लागि खर्च गर्नेछ । कार्यक्रममा बोल्दै नगर प्रमुख वाईवाले प्रत्येक वडामा सामुहिक साझेदारीका आधारमा स्वरोजगार गर्ने ५ जनालाई २ लाख विउ पुँजी उपलब्ध गराउन शुरु गरिएको बताए ।





