बनेपा/खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ का साईकल अभियन्ता साईकलिष्ट कर्ण थापा काभ्रे आईपुगेका छन् ।
जिल्लाको धामिक तिर्थस्थल हलेसीबाट साईकल यात्रा शुरु गरी नेपालका ७७ वटै जिल्ला परिक्रमा गर्ने भएका छन् । भ्रष्टाचार न्यूनिकरण गर्न ब्यबहारीक शिक्षाको आवश्यकता भन्ने नारा लिएर ७७ वटै जिल्लाका स्थानीय तह, माध्यमिक विद्यालय, उधोग वाणिज्य सघं, पत्रकार महासघं लगायतका सस्थाहरुलाई भेटी उक्त स्थानको जानकारी लिने बताए । २०७५ साल चैत्रबाट शुरु गरेको यात्रा ६ महिनामा सक्ने बताए । यात्रा २८ वटा जिल्ला सम्पन्न गरीसकेको बताएका थिए । भ्रमण गरेका जिल्लामा एकदमै सहयोग भएकाले बाँकी जिल्लामा पनि सहयोग मिल्ने बताए ।





