2026 April 21/ 04:02: 05pm

    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा नगर स्तरिय अन्तर विद्यालय ११ औ राष्ट्रप्रति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न भएका छन् । 
    बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गरेका थिए । नगर प्रमुख बादेले खेल स्वास्थ्यको लागी र राष्ट्रका लागी भएकाले खेलको महत्व रहेको बताए । खेलले आत्मरक्षा, स्वस्थ हुने भएकाले हरेक मानिसले कुनै न कुनै खेल खेल्नु पर्ने बताए । नगरपालिकाले नगरमा आयोजना गरीने खेलहरुमा सहयोग गर्दे आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तथा ६ नं वडा अध्यक्ष सचितानन्द केसीले खेलको महत्व र आवश्यकताका बारेमा जानकारी गराएका थिए । प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो भने भलिबल, कपर्दी, म्याराथुन र एथलेटिक्स खेलको आयोजना गरिएको थियो । भलिबल छात्र तर्फ आजाद मावि प्रथम नेपाल प्रहरी मावि दोस्रो भएका थिए भने छात्रा तर्फ ज्ञानकुञ्ज मावि प्रथम र दोस्रो एभरेष्ट मावि भएका थिए । 
    कपर्दिमा छात्र तर्फ प्रथम चैतन्य मावि र द्धितिय चैतन्य माबि भएका थिए भने छत्रा तर्फ चैतन्य मावि प्रथम र एभरेष्ट मावि द्धितिय भएको थियो । प्रतियोगितामा नेपाल प्रहरीले १६ गोल्ड ६ वटा सिल्भर ल्याएर प्रथम र ६ वटा गोल्ड र ६ वटा शिल्भर ल्याएर बेलर मावि द्धितिय भएका थिए । प्रथम र द्धितिय हुने टिमलाई प्रमुख अतिथी बादेले ट्रफि तथा प्रमाण पत्र वितरण गरेका थिए । विजयी टिमले जिल्ला स्तरीय खेलमा भाग लिन पाउने बताएको छ । प्रतियोगितामा स्वागत मन्तब्य शिक्षा शाखाका शिबराज त्रिपाठीले राखेका थिए भने प्रतियोगिताको सभापतित्व खेलका संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।