दिर्घसेवी शिक्षक सम्मानित
बनेपा/नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १९ आंै जिल्ला परिषद् शिक्षक महासंघ केन्द्रका अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा दीर्घसेवी शिक्षाबाट पूर्व अध्यक्ष रमेश पौड्याल र ज्ञाननाथ पाठकलाई सम्मान गरिएको थियो । त्यसैगरी २५ वर्ष सेवा गरेका शिक्षकहरु, भर्खरै शिक्षा सेवा आयोगबाट सिफारिश भएका शिक्षकहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धब केसी, शिक्षक सगंठनका केन्द्रीय सल्लाहकार माधवप्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पोखरेल, नेकपा जिल्ला कमिटी सचिव टोकबहादुर वाईवा, नेपाल शिक्षक महासंघका उपाध्यक्ष साधुराम दाहाल, सेवानिवृत्त रामप्रसाद अधिकारी, अनेरास्ववियु काभ्रेका अध्यक्ष उपेन्द्र शर्मा लगायतले शिक्षकहरुले समाजमा खेलेको भुमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा प्रतिवेदन र कार्यक्रमका वारेमा सचिव र कोषाध्यक्षले सभामा प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम संगठनका अध्यक्ष श्यामप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चेतप्रसाद शर्माले राखेका थिए ।





