2026 April 21/ 04:02: 19pm

    पनौती/सिद्धार्थ बनस्थली ईन्ष्टिच्यूट पनौतीले छिमेकी सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । 
     टेलिभिजन तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा भनेको मानव जातिको चेतनाको रुप हो, शिक्षाले नै मानिसको क्षमता निकाल्छ र शिक्षा नै सिक्ने र सिकाउने चिज भएको बताए । शिक्षा एउटा यस्तो चिज हो जुन कसैलाई पनि बाँड्नु पर्दैन त्यो शिक्षाले मानिसमा विभेद्को अन्त्य, स्वरोजगार, श्रमिक बन्न सिकाउने भट्टराईले बताए । ‘हामीले सन्तानका लागि सम्पत्ति होईन शिक्षा दिनुपर्छ, शिक्षामा लगानी गर्दा धेरै प्रतिफल प्राप्त हुन्छ, विद्यालयले आधुनिक र ब्यवहारिक र संसार बदल्न सक्ने शिक्षा दिनुपर्छ’–पूर्व प्रधानमन्त्री भट्टराईले भने–‘राज्यको शिक्षामा धेरै लगानी भएकाले लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसक्नुका कारण के हो ? समस्या पत्ता लगाई शिक्षामा लगानी अझ बढाई विकासमा लाग्नुपर्दछ ।’ 
    कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा. रामकण्ठ माकजूले विद्यालय र घर परिवारले संस्कृति, श्रमिक, ब्यबहारिक ज्ञान सिकाउन आवश्यक रहेको बताए । विद्यार्थीको आचरण घरबाट र विद्यालयबाट शुरु हुने भएकाले हामीले कस्तो आचरणको शिक्षा दिदै छौ त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा पनौती नगरपालिकका नगर प्रमुख भिम न्यौपानेले नगरमा सामुदायिक विद्यालयमा एउटै पोशाक लागु गरिएको, शिक्षाको गुणस्तरीयतामा विशेष जोड दिएको, सबै विद्यालयमा आईटी हाजिरी शुरु गरिएको र आवश्यक क्षेत्रमा नगरपालिकाले समन्वय गरिरहेको बताए । कार्यक्रममा भालेश्वर मावि, कुशादेवी मावि, पुण्य मावि, श्री राम मावि र पाठशाला विद्यालयलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको थियो । विद्यालयले विद्यालयलाई स्थापना कालदेखी सहयोग गर्ने ब्यक्ति, नगरका शिक्षासेवी सामाजिक ब्यक्तित्व उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरेको थियो । विद्यालयको गतिविधिका बारेमा प्रधानाध्यापक नारायण निरौलाले कार्यक्रममा मन्तव्य राखेका थिए । विद्यालयले असल विद्यार्थी उत्पादन गरी राष्ट्र र संसारलाई बदल्न सक्ने बनाउने लक्ष्य लिएको बताए । 
    विद्यालयलमा गत शैक्षिक सत्रबाट ११ सञ्चालन गरेको र विद्यालय नाफामुखी नभई शैक्षिक गुठी अन्तर्गत भएकाले समाज र नगरमा शिक्षाको क्षेत्रमा काम गर्ने बताए । सिद्धार्थ इन्ष्टिच्यूट सबै विद्यालयसँग हातेमालो गर्दे अगाडि बढ्ने बताए । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रधानाध्यापक रेश्मा थापाले राखेकी थिईन् भने कार्यक्रमको सभापतित्व सिद्धार्थ शैक्षिक गुठीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए ।