2026 April 21/ 02:43: 06pm

    बनेपा/पत्रकार कृष्ण सेन इच्छुकको १७ औ स्मृति दिवस बनेपामा मनाईएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको आयोजनामा बनेपामा मनाईएको उक्त स्मृति दिवसमा कृष्ण सेन इच्छुकको योगदानका बारेमा चर्चा गरिएको थियो । 
    चौतारीका अध्यक्ष भुवन रायमाझीको संचालन र सेन्टरका अध्यक्ष रामकृष्ण बञ्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्वर ३ का उपाध्यक्ष यदुनाथ गौतम, जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस चौतारी नेपालका उप महासचिव हिरामान लामा लगायतले मन्तब्य राखेका थिए । जिल्ला कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरुको हक हित तथा सुरक्षाका लागि सबै पक्ष सक्रिय रहनु पर्ने बताईएको थियो । कृष्ण सेनलाई तत्कालिन समयमा प्रहरीले पक्राउ गरी हिरासत भित्रैकुटी कुटी मारेर छातीमा गोली हानी प्रहरी आफैले डडाएको थियो । घटना घटेको लामो समय पछि मात्रै जनआश्था साप्ताहिकले उक्त सूचना सार्वजनिक गरेको थियो ।