2026 April 21/ 02:44: 02pm

    बनेपा/साहित्यकार मोहन दुवालको सङ्कलन र सम्पादनमा ७५ जना चर्चित लेखिकाहरु समेटिएको ‘अक्षर बिम्बमा लेखिकाहरु’ (खण्ड १) वृहत् ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष–२ (पारिजात कक्ष) जेठ १७ गते शुक्रबार सार्वजनिक हुने भएको छ । 
    नेपालका वरिष्ठ लेखिकाहरुले संयुक्त रुपमा सार्वजनिक गर्ने उक्त पुस्तक प्रकाशनको सम्पूर्ण कार्य सकिएको छ । ग्रन्थमा समेटिएका लेखिकाहरुमा अनिता तुलाधर, इन्दिरा प्रसाई, इल्या भट्टराई, ईश्वरीमैंया श्रेष्ठ, उन्नती बोहरा ‘शीला’, प्रा.डा. उषा ठाकुर, उषा शेरचन, कल्पना प्रधान, डा. कविता लामा, केशरी बज्राचार्य, कृष्णादेवी शर्मा श्रेष्ठ, गङ्गा पौडेल, गङ्गा सुवेदी, प्रा.डा. गार्गी शर्मा, गायत्री लम्साल ‘परिरोशनी’, गीता केशरी, डा. गीता क्षेत्री, डा. गीता त्रिपाठी, गोमा, चन्द्रकला नेवार, डा. चुन्दा बज्राचार्य, जलेश्वरी श्रेष्ठ, तोया गुरुङ, देवी शर्मा, नर्मदेश्वरी सत्याल, नीलम कार्की ‘निहारीका’, पद्मावती सिंह, पारिजात, प्रकाश प्रधानाङ्ग, प्रतिसरा सायमि, प्रभा भट्टराई ‘आचार्य’, बाबा बस्नेत, बुनू लामिछाने, डा. बेन्जु शर्मा, भद्रकुमारी घले लगायत छन् । 
    त्यस्तै भागिरथी श्रेष्ठ, भारती खरेल, भुवन ढुङ्गाना, मञ्जु काँचुली, माया ठकुरी, मोमिला, डा. रजनी ढकाल,  रञ्जुश्री पराजुली, रमा शर्मा, रमोलादेवी शाह ‘छिन्नलता’, राधिका राया, डा. रीना तुलाधर, रुकु कार्की, रेवती राजभण्डारी, ललिता दोषी, लक्ष्मी उप्रेती, लक्ष्मीदेवी राजभण्डारी, लक्ष्मी माली, लीला लुइटेल, विन्दा सुब्बा, डा. वीणा हाङ्खिम, शान्ता श्रेष्ठ, शारदा शर्मा, शुभ श्रेष्ठ, श्रेष्ठ प्रिया ‘पत्थर’ रहेका छन् । सन्तु श्रेष्ठ, सन्ध्या पहाडी, सरस्वती शर्मा ‘जिज्ञासु’, सरस्वती श्रेष्ठ ‘सरु’, सरिता तिवारी, सविता श्रेष्ठ ‘बेहोसी’, डा. साधना पन्त ‘प्रतीक्षा’, सावित्री श्रेष्ठ, सिर्जना शर्मा, सुधा त्रिपाठी, सुलोचना मानन्धर, सुशीला भट्ट ‘खरेल’, प्रा.डा. सुषमा आचार्य, हरिदेवी कोइराला, र हिरण्यकुमारी पाठक छन् । ग्रन्थमा दिवंगत ६ जना र ४ जना भारतीय–नेपाली लेखिकाहरु पनि समेटिएका छन् ।