2026 April 21/ 02:44: 27pm

    भकुण्डे/नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधिका दुई वर्षे भोगाई तथा पदबहाली दिवस प्रतिनिधि सभाका सांसद् गंगा बहादुर दोङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । 
    कार्यक्रममा बोल्दै दोङले जनतामा चेतनाको विकास गरे पछि मात्रै सुशासन हुने बताए । जबसम्म शुसासन कायम हुँदैन तबसम्म भौतिक विकास नहुने बताउँदै चेतनासँगै सुशासन र भौतिक विकास हुनु पर्नेमा सांसद दोङ्गले जोड दिए । निर्वाचनका समयमा तिनै तहका जनप्रतिनिधीहरुले प्रतिबद्धता गरे अनुसार तिनै तहका सरकार मिलेर विकास लगायत जनताका आबश्यकताहरु पुरा गर्नुपर्ने बताए । दोङले बिरालो कालो होस् वा सेतो तर मुसा मार्नु पर्ने बताउँदै विकासमा तीनवटा सरकार जस्ले गरे पनि विना अबरोध काम हुनुपर्ने बताए । कार्यक्रममा दोङले विपक्षी पार्टीलाई लक्षित गर्दै विकासमा अवरोध गरिरहेकाले त्यस्ता ब्यक्तिहरुलाई कानुन अनुसार कार्वाहि गरिने बताए । योजना पार्नु ठुलो कुरा होईन तर कार्वान्नयन गर्न चुनौती रहेकाले तिनै तह मिलि सम्पन्न गरेर जनतालाई बाँडेका आश्वसान पूरा गर्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल लगायतले नगरले प्रदेश, संघ र नगरपालिकाले कुन–कुन योजना सञ्चालन गर्ने हो पञ्चबर्षीय योजना बनाई अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा नगरपालिकका नगर प्रमुख टिपि शर्माले नगरले दुई बर्षमा धेरै कामहरु गरेको बताए । पहिलो वर्ष शुरुवाती बर्ष भएकाले कानुन निर्माण लगायतका महत्वपूर्ण काम भएको र दोस्रो बर्षमा सबै विकासको जग हालेकाले केहीको परिणाम आईसकेको र केही आउने चरणमा रहेको बताए । नगरलाई एक वडा एक पोखरी, १४ वटा पुरातात्विक चौताराहरुको पुनर्निर्माण, वातावरणमैत्री नगर स्थापना, खुल्ला दिशामुक्त नगर घोषणा, एक वडा एक नर्सरी, नगर भित्रका सार्वजनिक जग्गाहरु संरक्षण, विपद् कोष ब्यबस्थापन, ३ वटा सार्वजनिक शौचालय निर्माण, नगर भित्र सञ्चालित ईट्टा उद्योग ब्यबस्थापन गरी असार मसान्तबाट सबै ईट्टा उद्योग हालको स्थानबाट बन्द गरिने लगायत रहेको बताए । त्यसैगरी नगरपालिकाको २ नं वडामा स्टाफ कलेज निर्माणका लागि गुरुयोजना कार्य शुरु गरिएको, नगरपालिकाको लोगो तथा नगर गान तयार गरी कार्यान्वयनमा ल्याएको, प्रदेश स्तरीय कबर्ड हल निर्माणका लागी सर्भे लगायत थुपै कामहरु सम्पन्न भएको र आगामी आर्थिक वर्षका लागि जनताका गुनासा, सुझाव लिन जनताको घर दैलौमा नै पुगी संकलन गरेको बताए । 
    कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले नगरमा कर्मचारीको अभाव, तिनै तहका सरकारको कानुन अभाव हुदाँहुदै पनि नगरपालिकाले धेरै काम गर्न सकिएको बताए । कार्यक्रम प्रशासन प्रमुख मनोजकुमार अधिकारीले संचालन गरेका थिए ।