2026 April 21/ 02:43: 22pm

    खानीखोला/जिल्लाको विकट क्षेत्र डाँडापारीस्थित खानीखोला गाउँपालिका वडा नं. ३ मा अवस्थित सौरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
    आहाना नेपाल फाउण्डशेनको आयोजना तथा उबचतबनभ मबलक भि mयलमभ ँचबलअभ को सहयोगमा शिविर सम्पन्न भएको हो । स्वास्थ्य संस्थाको पहुँचबाट बञ्चित बासिन्दा शिविर सञ्चालन भएसँगै हर्षित भएका थिए । खानीखोला गाउँपालिका र छिमेकी महाभारत गाउँपालिकाका गरी शिविरमा ६ सय ६८ जनाले सेवा लिएका छन् । शिविरमार्फत् सेवा लिनेमा बालरोग १ सय ६, स्त्रीरोग १५४, आँखा रोग २ सय ४, जनरल÷अर्थपिडिक÷न्युरो २ सय ४ गरी ६ सय ६८ जना छन् ।
    शिविरको अवसरमा १३ जना आङ खसेको महिलाहरुलाई रिङ राखेको भने २ जनालाई माइनर शल्यक्रिया गरिएको छ । यससँगै ६५ जनालाई चश्मा वितरण गरेको छ ।  शिविरमा संलग्न डाक्टरका अनुसार २६ जनामा मोतिविन्दु देखिएको छ । शिविरमा निशुल्क औषधि, विद्यार्थीलाई झोलासँगै स्टेशनरी, महिलालाई सनिटरी प्याड, स्टेचर तथा शैक्षिक सामग्री लगायत, बालबालिकालाई तुथब्रस र पेष्ट वितरण गरिएको थियो ।