2026 April 21/ 02:43: 21pm

    कुशादेवी/वोमेन लिड (ध्यmभल ीभबम) २०१८ द्वारा रजस्वला स्वच्छता सम्वन्धी एक दिने कार्यशाला गोष्ठी पनौती नगरपालिका २ स्थित कुशादेवी माविमा सम्पन्न भएको छ । 
    काठमाडौंबाट शशी कंडेलको नेतृत्वमा आएको वोमन लिड नेपालद्वारा रजस्वला स्वच्छता र शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी आयोजनाका साथै तालिम प्रदान गरिएको छ । कार्यशाला गोस्ठीमा किशोरीहरुका लागि रजस्वला स्वच्छता, त्यसका अभ्यास र प्रभावहरु सिकाउनुका साथै बुझाईएको थियो । उक्त तलिममा कुशादेवी माबिका १०० भन्दा बढी जना छात्राहरुका साथै ५ जना शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो । जसलाई रजस्वला स्वच्छता र त्यसका अभ्यास र प्रभावहरुका सिकाउनुका साथै पुन प्रयोग गर्न मिल्ने घरेलु (टालो) स्यानेटरी प्याड  बनाउन सिकाईएको थियो । साथै नाटक मन्चनको सहयोगमा विद्यार्थीहरुलाई महिनावारीका भ्रम चिर्ने प्रयास गरिएको  थियो । कार्यक्रममा बिद्यालयलाई केही प्याडका साथै स्यानिटरी सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमबाट विद्यार्थीहरु खुशी भएका थिए । 
    गोष्ठीमा सहभागी एक छात्राका अनुसार घरमा बुवा आमा र साथीहरुसँग यस्ता कुराहरुका बारेमा छलफल गर्न निकै अफ्ठ्यारो महसुस हुने तर गोष्ठी पश्चात आफुलाई सजिलो र हलुका भएको बताईन् । बिद्यालयका प्रधानाध्यापक श्याम प्रसाद भुजुले आयोजक संस्थालाई धन्याबाद ज्ञापन गर्नुका साथै आउने दिनहरुमा बिद्यार्थीहरुलाई धेरै भन्दा धेरै शैक्षिक गोष्ठी र तालिमका निम्ति बिद्यालयले स्वागत गर्ने बताए । पनौती न.पा ३ का वडा अध्यक्ष किशोर थापाले कार्यक्रम प्रशंसनिय रहेको बताउँदै स्कुलका छात्राहरुलाइ आवस्यक पर्ने शिक्षा प्रदान गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रममा काठमाण्डौंबाट वुमन लिड टिमका साथ युवा अभियन्ता समुन्द्र तिमल्सिना साथै स्वयंसेवक टोलिका रुपमा ७ जना वोमेन लिडर्स २०१८ को उपस्थिति थियो भने कार्यक्रमको पूर्ण ब्यवस्थापन कुशादेवी युथ क्लबका अध्यक्ष दिपेश घिमिरेले र वोमेन लिडर्स २०१८ कि मेंटर अनिशा बस्यालले गरेका थिए ।