धुलिखेल/काठमाडौ विश्वविद्यालय धुलिखेलमा रहेको अनेरास्ववियुले दोश्रो मदन भण्डारी मेमोरियल फुटबल प्रतियोगिता शुरु भएको छ । मदन आश्रित स्मृतिको अवसर पारी शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन संघीय सांसद नविना लामाले गरेकी थिईन् ।
अनेरास्ववियु काठमाडौ विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटी धुलिखेलका अध्यक्ष सुपुष्प लामाको अध्यक्षता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न क्याम्पसबाट २४ टिमको सहभागिता रहने आयोजक कमिटीका प्रतियोगिता संयोजक प्रविण ज्ञवालीले बताए । नक आउटका आधारमा खेल्ने उक्त प्रतियोगिताको समय ७० मिनेटको हुनेछ । निर्धारित समयमा गोल रहित भएको अवस्थामा समय थप गर्ने र त्यो समयमा पनि गोल हुन नसकेको अवस्थामा नक आउटका आधारमा खेल समापन गरिनेछ । जेष्ठ १८ गते समापन हुने प्रतियोगितामा सहभागि हुने टिमले १० हजार रुपैयाँ सहित टिम दर्ता गराएको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक घरेलु टिम केयु मार्भेलले विजयी शुरुवात गरेको छ । जनकपुर इन्जिनियरिङ्ग कलेज विरुद्ध खेलेको घरेलु टिमले २– १ गोल अन्तरले जित हात पारेको थियो । केयु मार्भेलको तर्फबाट पहिलो गोल विकल्प खड्गाले गरे भने दोश्रो गोल आशिष श्रेष्ठले गरेका थिए । म्यान अफ द म्याच जनकपुर इन्जिनियरिङ्ग कलेजका किपरले प्राप्त गरेका थिए । हरेक वर्ष आयोजना गरिने उक्त प्रतियोगिताको विजेता टिमले ५० हजार नगद सहित ट्रफि र अन्य पुरस्कारहरु प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ३० हजार रुपैया प्राप्त गर्नेछ । गत वर्ष १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा २० हजार प्रति टिम सहभागि शुल्क लिई १ लाख रुपैया नगद पुरस्कार दिईएको थियो । प्रतियोगितालाई निरन्तरता दिन कमिटीले कम खर्चिलो तर ब्यवस्थित र आर्कषक बनाउन सहभागि शुल्क सहित पुरस्कार राशि घटाएको प्रतियोगिताका सह संयोजक दिपेश पोखरेलले बताए ।
प्रतियोगितामा सगरमाथा इन्जिनियरिङ्ग कलेज, जनकपुर इन्जिनियरिङ्ग कलेज, काठमाडौ इन्जिनियरिङ्ग कलेज, कान्तिपुर इन्जिनियरिङ्ग कलेज, एसिएमई इन्जिनियरिङ्ग कलेज, पुल्चोक इन्जिनियरिङ्ग कलेज, एडभान्स कलेज, नेपाल मेडिकल कलेज, हिस्ट कलेज अफ इन्जिनियरिङ्ग, एनएएमआई, नेशनल इन्जिनियरिङ्ग कलेज, हिालयन इन्जिनियरिङ्ग कलेज, अमृत साईन्स कलेज, बेलर इन्टरनेशनल कलेज, कुम्स, नेशनल कलेल, एलएमटिसी, थापाथली क्याम्पस, नेपाल बनेपा पोलिटेक्निक स्कुल, केयु एमएआरभिआई, केयु डिसी, त्रिचन्द्र क्याम्पस, काठमाडौ सिटी कलेज लगायतबाट टिमहरुको सहभािगता रहेको छ ।





