2026 October 16/ 09:46: 40pm

    बनेपा/राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पुरस्कृत हुन सफल बिन्धवासिनी वचत तथा ऋृण सहकारी संस्थाको संस्थागत सुदृढीकरणका नेपाल वचत तथा ऋृण केन्द्रिय सघ (नेफ्स्कुन) काठमाडौको सभाहलमा  बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि, नेफ्स्कून र  जर्मनी विच एक कार्यक्रम आयोजना गरी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 
    सम्झौतामा उल्लेख भए अनुसार बिन्धवासिनी सहकारी सस्थाको ऋृण शाखामा कार्यरत कर्मचारीहरूको दक्षता अभिबृद्धिको लागि स्तरीय तालिम दिई प्रमाणीकरण गर्ने र जोखिम न्यूनीकरण गर्ने, सदस्यहरूलाई वित्तिय एवं ब्यबसाय  शिक्षा प्रदान गर्ने, कृषक तथा लघुउधमी सदस्यहरुलाई तालिम र क्षमता बिकास गरी उधमशीलताको बिकास गर्ने, लघुवित्त कार्यक्रमको सवलिकरण गर्ने र जोखिम ब्यबस्थापन गर्ने कार्यमा नेफ्स्कुन र ले प्राबिधिक सहयोग गर्ने छ ।
सम्झौतामा बिन्धवासिनी साकोसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री के.बि लामा स्याङ्तान, नेफ्स्कुनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र जर्मनको तर्फबाट कन्ट्री डाइरेक्टर लाउरा सियालोले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।
    १५ महिनासम्म संचालन हुने  उक्त कार्यक्रम पश्चात् संस्थाको वित्तीय स्वस्थ्यलाई थप सबल बनाउने, ऋृणको जोखिम न्यूनीकरणहुने, कर्मचारीहरुको क्षमता बिकास हुने र सदस्यहरुको क्षमता सगै उधमशीलताको बिकास भइ सदस्यको आर्थिक अवस्था सुधार र संस्थागत सुदृढीकरण  हुने बिश्वास  गरिएको छ । नेपाल भरीबाट छनौटमा परेका बिन्धवासिनी साकोस लगायत ५ वटा सहकारीमा यो कार्यक्रम लागू हुन लागेको  हो । सम्झौता कार्यक्रममा बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, नेफ्स्कुनका महासचिव घनश्याम अधिकारी लगायत पदाधिकारी र उच्च ब्यबस्थापन तथा  नेपाल स्थित प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।