निर्माण ब्यवसायीहरुको मैत्रीपूर्ण फुटसल
बनेपा/निर्माण ब्यवसायी संघ काभ्रेले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारी पत्रकारहरुसँग फुटसल तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
अध्यक्ष उपेन्द्र घिसिङ्गले पत्रकार र निर्माण ब्यवसायीहरु बीच प्रगाढ सम्वन्ध बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले निर्माण क्षेत्रलाई बलियो बनाउन पत्रकारहरुसँगको साझेदारी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, निर्माण ब्यवसायी संघ भक्तपुरका अध्यक्ष, प्रदेश ३ का सदस्य राजकुमार बुढाथोकी, विक्रम चौलागाई लगायतले मन्तब्य राखेका थिए । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा ब्यवसायी र पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।
मानव अधिकार संगठनको चियापान
बनेपा/नेपाल मानव अधिकार संगठन जिल्ला समिति काभ्रेले विजया दशमीको अवसर पारी शुभकामना आदान प्रदान गरेको छ । सभापति सुरेश सैजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना, विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बलात्कार मुक्त समाज निर्माणका लागि मानवअधिकार संगठन कृयाशिल हुनु पर्ने बताउँदै सहभागिहरुले जनताको अधिकारका लागि सक्रिय हुन अनुरोध गरेका थिए ।
श्रीखण्डपुरको बेकुलाँ मार्गमा शुभकामना आदान प्रदान
श्रीखण्डपुर/बेकुलाँ मार्ग टोल विकास संस्था धुलिखेल ९ श्रीखण्डपुरको बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यता तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य रोजन तामाङले राखेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, वडा नम्वर ५ का अध्यक्ष गंगासागर रञ्जित, काभ्रे पुष्प ब्यवसायी संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, शिक्षासेवी गोविन्दलाल प्रधानाङ्ग, श्रीखण्डपुर चाडपर्व ब्यवस्थापन समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्ग, समाजसेवी पूर्णबहादुर कर्माचार्य लगायतले मन्तब्य राखेका थिए । धुलिखेलको श्रीखण्डपुरको पुरानो इतिहास, विकास तथा अन्य क्षेत्रमा सहकार्य गर्न सहभागिहरुले प्रतिवद्धता ब्यक्त गरेका थिए ।
श्रीखण्डपुर युवा समुहको सम्मान कार्यक्रम
श्रीखण्डपुर/श्रीखण्डपुर युवा समुहको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष भवसागर रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, वडा नम्वर ५ का अध्यक्ष गंगासागर रञ्जित, काभ्रे पुष्प ब्यवसायी संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, शिक्षासेवी गोविन्दलाल प्रधानाङ्ग, नेपाली कांग्रेसका नेता महेश पौड्याल लगायतले मन्तब्य राखेका थिए । उपाध्यक्ष जयराम श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाका जनप्रतिनिधिहरु, पुष्प ब्यवसायी संघका अध्यक्ष विरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । युवा समुहले टोल र वडामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा चेष्टा साप्ताहिकका बरिष्ठ कार्यालय सहायक लक्ष्मण तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।
बनेपा नगरपालिकाको शुभकामना आदान प्रदान
बनेपा/बनेपा नगरपालिकाले विजया दशमीको अवसर पारी जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला संघ संस्थाहरुको सहभागितामा शुभकामना आदान प्रदान गरेको छ ।
नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नगरका प्रवक्ता श्यामसुन्दर श्रेष्ठ, वडा अध्यक्ष बलारम अधिकारी, पुर्व नगर प्रमुख डा. सुरेन्द्रबहादुर बादे, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाई लगायतले दशै तिहार जस्ता चाडपर्वको महत्व, सुरक्षा र सभ्य रुपमा मनाउन शुभकामना दिएका थिए । कार्यक्रम जुजुभाई शुद्धाकारले संचालन गरेका थिए ।
धुलिखेल उद्योग बाणिज्य संघको चियापान
धुलिखेल/धुलिखेल उद्योग बाणिज्य संघले विजया दशमी, नेपाल सम्वत, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णबादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष मञ्जुकुमार कोँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ, जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग तथा ब्यवसायको क्षेत्रमा भएका समस्या र समाधानका उपायहरुका बारेमा जानकारी गराएको थियो ।
नेकपाको बेथाञ्चोकमा चियापान
बेथान्चोक/बेथाञ्चोक गाउँपालिका अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी वडा नम्वर २ ले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, ल्होसार र छठ पर्वको शुभकामना आदान प्रदान गरेको छ ।
प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संयोजक घनानाथ तिमल्सिना, नेताहरु कमल तिमल्सिना, पेमा लामा, बेदप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो । सहभागि सबै नेता कार्यकर्ताहरुले एकता पछिको पार्टी एकिरण, विकास निर्माण र कृयाशिलतामा जोड दिएका थिए । प्रदेश सभा सदस्य हुमागाईले बेथाञ्चोक गाउँपालिकालाई विशेष प्राथमिकतामा राखेको बताए ।





