होम प्रसाद चौंलागाँईं/मण्डनदेउपुर
नेकपा मण्डनदेउपुर नगर ७ नम्बर वडा कमिटीको भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का जिल्ला कमिटी सदस्य विदुर प्रसाद सापकोटाको प्रमुख आतिथ्यता र भेला आयोजक कमिटीका संयोजक विष्णु पौडेलको सभापतित्वमा सम्पन्न भएको छ ।
भेलाले विष्णु पौडेल अध्यक्ष, सचिव रामप्रसाद सापकोटा सदस्यहरुमा मिना श्रेष्ठ, जुना श्रेष्ठ, सरस्वती पराजुली, अप्सरा दुलाल लम्साल, सरस्वती नेपाल, गोमा परियार, गंगा नेपाल, विमला बोगटी, गंगा बजगाँईं, नारायणकृष्ण श्रेष्ठ, सुवर्ण पराजुली, अनिल नेपाल, श्यामबहादुर राई, नारायण श्रेष्ठ, नारायणकृष्ण श्रेष्ठ, वुद्धिमान श्रेष्ठ, रमेश श्रेष्ठ, रामकुमार श्रेष्ठ, सुरन्द्र पराजुली, विष्णु प्रसाद सापकोटा, टंक परियार, प्रेमलाल श्रेष्ठ, गोबिन्द प्रसाद नेपाल, रामप्रसाद सापकोटा सदस्य रहेको ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । ५१ सदस्य राख्ने गरी पछि क्षेत्र, भूगोल, लिङ्ग लगायत लाई मनोनित गरिने बताएको छ ।
भेलामा नेकपा काभ्रेका कुमार प्रसाद भट्टराई, रुद्रबहादुर तामाङ, अम्बिका ठकुरीको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ र ९ का वडाध्यक्ष तथा साबिक महादेवस्थानका पूर्व गाउँ कमिटी अध्यक्षद्वय झलकप्रसाद पौडेल र जितबहादुर तामाङ, तत्कालिन महादेवस्थान गाउँ कमिटीका अध्यक्ष तथा मण्डनदेउपुर उद्योग वाणिज्य संघका अध्यक्ष बद्रिप्रसाद नेपाल, सचिव बिवराम तिमल्सिना, युवा संघ मण्डनदेउपुरका संयोजक अनिश तामाङ, ७ नं. वडा स्थित क्रियाशिल पार्टी कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगरको वडा नं. ७ बाट प्रारम्भ भएको भेला पछि सोहिदिन वडा नं. १२ को ज्याम्दीमा र वडा नं. ५ को ब्रम्ह्याणी मन्दिर प्राङ्गणमा हुने भएको छ भने १० नं. चण्डेनी मण्डनको भेला माघ ८ गते दिउसो १२ बजे नमूना आमा समूहको सभा हल आँपघारीमा हुने चण्डेनी मण्डनका युवा नेता सुमन नेपालले बताउनु भएको थियो । भेलामा बाकि वडाहरुको भेला ११ गतेभित्र सम्पन्न गरिने पार्टी जिल्ला कमिटी सदस्य कुमार प्रसाद भट्टराइले बताउनु भयो । भेलाले टुट्फुट् हैन एकतामा लागौं भन्ने मूल नारा बनाएर प्रारम्भ भएको भेलामा के.पी. शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै मूलधारको कम्युनिष्ट पार्टी भएको बताइएको थियो ।





