बल्थली/कोरोनाका कारण लामो समयको बन्दाबन्दी पछि रिर्सोट सञ्चालन गरिएको रिर्सोटका निर्देशक हिराकाजी तामाङले बताउनु भयो ।
आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्राउने र पर्यटन प्रर्वद्धन लगायतका विषयमा केन्द्रित रहने तामाङले बताउनु भयो । तामाङले बलल्थलीमा ‘सुविधा सम्पन्न बल्थली इको–हिल रिसोर्ट सञ्चालनमा आएपछि आन्तरीक तथा बाह्य पर्यटक आई गाउँ पर्यटन प्रवद्र्धन गरिरहेको बताउनु भयो । स्थानिय स्तरमा उत्पादन भएका कृषी उपजलाई प्राथिमीकता दिई पर्यटको मागअनुसारको हरेक परिकारको स्वाद लिन सक्नुका साथै स्थानियहरुको समेत आयस्तर उकास्न सहयोग पुगेको बताउनु भयो । १८ रोपनी जग्गामा फैलिएको उक्त होटल सञ्चालन पछि काभ्रेको दक्षिण–पूर्वी भेगमा अवस्थित बल्थली आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै आएको लामाले बताउनु भयो । ्
हालसम्म ३ करोड रुपैयाँ लगानी रहेको होटलमा ५० जनालाई पुग्ने गरी आरामदायी कोठा, रिसोर्ट हातामै हेलिप्याड समेत निर्माण गरेको र आगामी दिनमा रक क्लाइम्बिङ र जिप फ्लायर जस्ता एड्भेन्चरमा सञ्चालन गर्ने योजना रहेको होटल निर्देशक हिराकाजी तामाङले बताउनु भयो । ‘नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनका हाम्रो रिर्साेटले धेरै सहयोग पुग्ने तामाङले बताउनु भयो । काठमाडौंबाट ३९ किलोमिटरको दुरीमा रहेको उक्त होटलबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुरलगायत हिमशृंखला देख्न सकिने तामाङले बताउनु भयो । गाउँको रहनसहन, संस्कृति र भौगोलिक अवस्था बुझ्न पाउने भएकाले बल्थलीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको र बाह्य पर्यटकको समेत बढ्ने क्रम रहेको बताउनु भयो । रिर्सोटमा पिकनिक, सेमिनार, गोष्ठि कार्यक्रमहरु गर्नका लागी उपयुक्त स्थान रहेको बताउनु भयो । लामो अनुभव र पुर्खाको सम्पतिलाई ब्यबस्थित गरी खेर गएको डाँडामा रिसोर्ट सञ्चालन गरिएको तामाङले बताउनु भयो ।





