बनेपा/समृद्धि बचत तथा ऋण सहकारी संस्थालिको १२ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष साधुराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब पुष्पराज कोईराला आर्थिाक प्रतिबेदन कोषाध्यक्ष रेवती प्रसाद दाहाल सभामा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक श्याम कुमार दाहालले प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७६÷०७७ को कुल शेयर पुजीं १ करोड ४३ लाख ९९ हजार, बचत ११ करोड ९० लाख, ऋण लगानी ११ करोड १४ लाख र वासलात १६ करोड ३६ लाख रहेको जनाएको छ । कार्यक्रममा साधारणसभा पुष २५ गते देखि शुरु भई २९ गते सम्म संचालन भएको वताईएको थियो । समापन कार्यक्रम संस्थाका अध्यक्ष साधुराम दाहाले सहकारीको उद्देश्य, सदस्य केन्द्रित निरन्तर सेवा, कोरनाको विषम परिस्थितीमा पनि संस्थाले उपयुक्त लक्ष्य हासिल गर्न सफल रहेको र आगामी दिनमा अझै सफल हुने विश्वास ब्यक्त गर्नु भएको थियो । दाहालले सदस्यहरुलाई सदस्हरुलाई विभिन्न शिर्षकमा छुट प्रदान गरी सदस्यमुखी बनाएको समेत बताउनु भयो । कार्यक्रममा संचालक समिति, लेखा समिति र उप–समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





