पाँचखाल/‘लागुऔषध दुब्र्यसन सहित समाजको सिर्जना, तपाई अनि हाम्रो चाहना’ भन्ने अभियानका साथ जीवन विरुद्ध दुब्र्यसन नामक संस्थाले लागु औषध दुब्यर्सन विरुद्ध अभियान संचालन गरिरहेको छ । उक्त संस्थाले पाँचखाल नगरपालिकाको पाँचखालमा सुधार गृह स्थापना गरी दुब्र्यसन विरुद्ध अभियान संचालन गरिरहेको अध्यक्ष रविन लामाले बताउनु भयो ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले पाँचखाल नगरपालिका भित्र युवाहरु कुलतमा लाग्न नदिन जीवन विरुद्ध दुब्र्यसन नामक संस्थाले शुरु गरेको अभियानमा साथ रहने बताउनु भयो । विद्यालय तह देखि बालबालिकाहरु लागु औषधको दुब्र्यसनमा लाग्ने गरेको प्रसंग निकाल्दै त्यसलाई रोक्न स्थानीय सरकारको तर्फबाट सहयोग रहने बताउनु भयो । उपप्रमुख लक्ष्मी दनुवारले दुब्र्यसनका कारण महिलाहरु पीडामा परेको बताउँदै यसको समाधानका लागि सबै क्षेत्रको सक्रियता रहने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष सञ्जय लामाले नगरपालिकाले दुब्र्यसन विरुद्ध बजेट विनियोजन गरेको भए पनि कार्य नगरी फ्रिज भएको बताउनु भयो । हरेक वडामा रहेका विद्यालय र टोलहरुमा बालबालिकाहरु दुब्र्यसनमा फस्दै गएको वहाँले बताउनु भयो । कार्यक्रममा लागु औषध प्रयोग गरी छाडेका पूर्व लागु औषधप्रयोगकर्ता प्रकाश सिटौलाले आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा लागु औषध प्रयोग पछि एचआईभी एड्स, हेपाटाईटिस, यौनजन्य संक्रमण विरुद्ध निरन्तर अभियान संचालन गर्ने अध्यक्ष लामाले बताउनु भयो ।
उक्त संस्थाले सिन्धुपाल्चोक जिल्लामा सामुदायिक हेरचाह केन्द्र स्थापना गरी त्यस क्षेत्रका संक्रमितहरुलाई सेवा दिदै आएको छ ।





