बनेपा/बनेपा नगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक विद्यालयहरूमा दिवा खाजा प्रदान गर्न लागिएको बनेपा नगरपालिका उपप्रमुख तथा दिवा खजा व्यवस्थापन समितिको संयोजक रेखा सापकोटा दाहाल बताउनु भयो । स्थानिय सरकार अभिभावक विद्यार्थी र शिक्षकको माग अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डलाई पूर्ण पालना गरी उक्त कार्यक्रम शुरु गरिने दाहालले बताउनु भयो । नगरका ३१ वटा सामुदायिक विद्यालयका ईसिडी कक्षा देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको ब्यबस्थापन गर्न लागिएको दाहालले बताउनु भयो । बालबालिकाको स्वास्थ्य र पोषण पढाईमा सहभागिता र निरन्तरताको लागी यसै शैक्षिक सत्र देखी उक्त दिवा खाजाको ब्यबस्थापन गरिएको बताउनु भयो । उक्त कार्यक्रमको आयोजना पछि विचैमा विद्यालय छाड््ने, विद्यालय जाने संख्यामा बृृृद्धि हुने अपेक्षा गरिएको छ । दिवा खाजामा ठाउँ अनुसार ६ दिनमा फरक–फरक खाजाको ब्यबस्था गरिने शिक्षा शाखा प्रमुख श्याम सिं धामीले बताउनु भयो । पहिलो चरणमा नगरपालिकाले कक्षा ५ सम्म दिवा खाजाको ब्यबस्थापन गर्न लागेको र आगामी शैक्षिक सत्रबाट माथिल्लो कक्षामा समेत गर्ने योजना बनाएको धामीले बताउनु भयो । दिवा खाजामा स्वच्छता, पोषक तत्वको सुनिश्चितता हुने समेत धामीले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, समितिका पदाधिकारी, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।





