धुलिखेल/धुलिखेल हाई स्कुल र धुलिखेल नागरिक समाजको आयोजनामा राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ती मनाइएको छ ।
धुलिखेलको सरस्वती बजारमा राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहको तस्विरमा नागरिक समाज स्थानीय वासिन्दा, व्यवसायी, स्वतन्त्र पेशाकर्मी, विद्यार्थी, समाजसेवी लगायतले माल्यार्पण गरि मनाएको छ । माल्यापर्ण अघि बजार परिक्रमा समेत गरिएको थियो ।





