2026 April 23/ 01:28: 11pm

खोपासी/खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले नगर अस्पतालमा स्तरोन्नति गरी नगर अस्पताल बनाउने  भएको छ । अस्पताल निर्माणका लागि खोपासी सहकारी संस्थाबाट १६ रोपनी जग्गा सहुलियत पुर्ण रुपमा नगरपालिकालाई उपलब्ध गराएको छ । पनौती नगरपालिका र खोपासी सहकारी संस्थालि बीच जग्गा सम्झौता गरीएको नगर प्रमुख भीम न्यौपानले बताउनुभयो । नगरबासीहरुका लागी लामो समयदेखीको समस्या र प्रतिक्षाको घडी अब समाप्त हुने न्यौपानेले बताउनु भयो । नगरप्रमुख न्यौपानेले २५ बेडको अस्पताल निर्माण गरिने, नगरले पूर्वाधार निमार्णका लागी २ करोड विनियोजन गरेको र भुकम्प प्राधिकरण भवन निमार्णबाट ७ करोड विनियोजन गरेको बताउनु भयो । सहकारीसँग सम्झौता भएसँगै सहकारीले नगरपालिकाको नाममा जग्गा नामसारी गरिदिने र पूर्वाधार निर्माण शरु गरिने बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले बताउनु भयो । सम्झौता कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, पनौती नगरपालिका वडा नं १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, खोपासी सहकारी संस्था लि.का अध्यक्ष केदार बहादुर भण्डारी,संस्थाका सचिव महेन्द्र प्रसाद वाग्ले, स्वास्थ्य शाखा प्रमूख पुरुषोत्तम तिमल्सिना लगायतका कर्मचारीको उपस्थित रहेको थियो ।
पृथ्वी जयन्ती मनाइयो