2026 April 23/ 01:28: 11pm

पनौती/पनौती नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । सभामा नगरको बजेट तथा कार्यक्रम समायोजन, समीक्षा, कानून निर्माण लगायतका कार्यहरु भएको बताएको छ । सभाका सदस्यहरुले स्थानीय तहले निभाउनु पर्ने भूमिकाका बारेमा समीक्षा गर्नु भएको छ । नगरपालिकाले संसद्को अभ्यास अनुसार हिउँदे सभा सम्पन्न गरेको हो । 
सभामा पनौती नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले मानव अधिकार परिषद् २०७७ प्रस्ताव पेश गर्नु भएको थियो । त्यसैगरी सभाका सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापाले गत वर्षको भौतिक तथा वित्तिय प्रगती प्रतिबेदन अनुमोदन सम्बन्धी, ७ नम्बर वडा अध्यक्ष रामचन्द्र नास्नानीले चालु आर्थिक वर्ष २०७७÷०७८ को यस अवधिको वार्षिक प्रगति प्रतिबेदन सम्बन्धि, ४ नम्बर वडा अध्यक्ष बुद्ध     सिं थापाले २०७५÷०७६ को अन्तिम लेखा परिक्षण प्रतिबेदन र लेखा समितीको प्रतिबेदनको समर्थन सम्बन्धि, वडा नम्बर ५ का वडा अध्यक्ष श्रीधर उपाध्यायले नगर कार्यपालिका बैठकका विभिन्न मितिमा भएका निर्णयहरु अनुमोदन सम्बन्धि, ८ नम्बर वडा अध्यक्ष केशव बन्जाराले वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक सम्बन्धमा, वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नगर युवा तथा खेलकुद परिषद् विधेयक २०७७ सम्बन्धमा, वडा नम्बर ११ का वडा अध्यक्ष तारामान लामाले नगरपालिका क्षेत्र भित्रका बन ब्यबस्थापन गर्न बनेको बन विधेयक २०७७, १२ नम्बर वडा अध्यक्ष ईश्वरराज जंगमले खानी तथा खनिज पदार्थ सम्बन्धी ब्यबस्था गर्न बनेको विधेयक २०७७ सम्बन्धमा, १० नम्बर वडा अध्यक्ष मोहन बहादुर भण्डारीले पनौती नगरपालिका र खोपासी सहकारी संस्था विच नगर अस्पताल निर्माणका लागी जग्गा उपलब्ध गराउने सम्बन्धमा २०७७÷९÷२७ मा सम्पन्न सम्झौता अनुमोदन सम्बन्धी, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चरा संरक्षण सम्बन्धी विधेयक प्रस्ताव सम्बन्धमा, वडा नम्बर ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाईले कृषि पकेट क्षेत्र घोषणा सम्बन्धि विशेष प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । 
सभामा श्रावण देखी मंसिर मसान्त सम्मका प्रगति विवरण र महत्वपूर्ण निर्णयहरुको अनुमोदन गरेको थियो । नगरले विशेष गरी कृषि तथा पशु विकास, स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ ।  त्यसैगरी सभामा पनौती भित्रका ऐतिहासिक क्षेत्रहरु विश्व सम्पदा सुचीमा सुचिकृत हुन लागेको बताएको थियो र उक्त कार्यलाई चाँडो कार्यान्वयनमा लैजान सदस्यहरुले जोड दिएका छन् । वडा अध्यक्षहरुले कृषि, पर्यटन, विकास निर्माणसँग सम्बन्धित रहेर आ–आफ्नो भनाई राख्नुभएको थियो ।