‘रक्तदान जीवनदान रक्तदान’ भन्ने नारालाई आत्मसात गर्दै धुलिखेल नगरपालिकामा विभिन्न संघ संस्था मिलि रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । कोरोनाका कारणले रगतको अभावमा कोहि पनि नागरिक छटपटाउन नपरोस् भन्नका लागी रक्तदान गरिएको लायन्स क्लब अफ धुलिखेलका अध्यक्ष सन्तोष भुखजुले बताउनु भयो । रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ, धुलिखेल, सञ्जीवनी धुलिखेल, लियो क्लब अफ काठमाडौको सयुक्त आयोजनामा तथा अर्थभुमि बचत तथा ऋण सहकारी संस्था लिको आर्थिक सहयोग र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न गरिएको लायन्स क्लब अफ धुलिखेलका अध्यक्ष सन्तोष भुखजुले बताउनु भयो ।
रक्तदान कार्यक्रममा २२ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने संघ संस्थाले आगामी दिनमा समेत सामाजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।





