2026 April 23/ 01:28: 12pm

रोशी/रोशी गाउँपालिकाको कार्यालयमा सार्वजनिक सेवा तयारी सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
अभिमुखीकरण कार्यक्रमले सार्वजनिक सेवाप्रतिको उत्पेरणका साथै रोशीमा युवाहरुको चाहना र आवश्यकता कस्तो रहेको छ भन्ने कुराको पहिचान हुने अपेक्षा राखेको उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले शिक्षाको क्षेत्रमा पहुँच बढाउने मात्र नभई स्वरोजगार बढाउन, सार्वजनिक सेवा प्रति चाख बढाउन, रोशीकै युवाहरु भोलीका दिनमा सार्वजनिक सेवाको पहँचमा पुर्याउन युवा लक्षित यस कार्यक्रम समावेश गरिएको बताउनुभयो । 
 रोशीका वडा नं १ देखि ६ सम्मका ३४ जना युवाहरु सहभागी रहेको उक्त कार्यक्रममा, सार्वजनिक÷सरकारी सेवा सेवाको बारेमा जानकारी दिने, युवाहरुलाई सार्वजनिक सेवामा आकर्षण गर्ने, सार्वजनिक सेवामा युवा पुस्ताको पहुँच पुर्याउने, सरकारी सेवामा प्रवेश गर्न उत्पे्ररणा जगाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको शिक्षा शाखाका प्रमुख राम बहादुर तामाङले जानकारी दिनुभयो ।