बनेपा/चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले साहित्यिक पत्रकारिता क्षेत्रमा समर्पित रहनु भई स्वदेशमा सेवा गरिरहनु भएका साधक भनी काभ्रेपलाञ्चोक जिल्ला बनेपा निवासी मोहन दुवाललाई सम्मान गर्ने निर्णय गरेको छ ।
आउँदो माघ २४ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा दुवाललाई सम्मान गरिने आयोजक समितिले निर्णय गरेको छ । दुवाललाई ५१ हजार पुरस्कार राशि सहित सम्मान गरिनेछ । दुवाल जनमत साहित्यिक मासिकका प्रधान सम्पादक हुनुहुन्छ ।





