बनेपा/पतञ्जली योग समिति बागमती प्रदेशमा नयाँ समिति चयन भएको छ । शनिबार बनेपामा आयोजित १३ जिल्लाका प्रतिनिधिहरुले पुनः दोश्रो पटक काभ्रे जिल्लाका पूर्व अध्यक्ष समेत रहेका ग्रुवेन तौजले सर्वसम्मत चयन भएका छन् ।
पतञ्जली योग समिति बनेपाको योग भवनमा आयोजित कार्यक्रमबाट सह प्रभारीमा कविता थपलिया र मोहनमान श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै महामन्त्री सुधा कलौनी, संगठन मन्त्री कमलप्रसाद घिमिरे, कोषाध्यक्ष राजेश कासुला, मन्त्री शारदा रिमाल चयन हुनु भएको छ । सदस्यहरुमा जाफादिन मिया, केशव थपलिया, सरिता तिमल्सिना, कृष्णराम गणेश, सुरेन्द्र रिमाल, दमनकुमार श्रेष्ठ, राम बस्ति र धुव्रप्रसाद पौडेल रहनु भएको छ । सल्लाहकारहरुमा प्रमुख सल्लाहकार राजन खड्का, सल्लाहकार दलबहादुर थापा, इन्दिरा लुईटेल, पुनम कर्माचार्य, रगन्ती महत्तो, विना गौतम र सरिता शाक्य रहनु भएको छ । पतञ्जली योग समितिको बार्षिकोत्सव तथा पुर्नगठन कार्यक्रममा केन्द्रिय सह प्रभारी ललित शंकर योगीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै योगी ललितशंकरले योगसँग ब्यक्ति र राष्ट्र जोडिएकाले सबैले योग गरी मुलुकलाई योगबाट स्वस्थ बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष ग्रुवेन तौजलले स्वस्थ बनाउने, ब्यक्ति र देश जोड्ने अभियान संचालन गरी संस्कार, संस्कृतिको जगेर्ना गरी बैदिक सनातन धर्मको प्रवद्र्धन गर्ने बताउनु भयो । कार्यक्रममा मकवानपुर, चितवन, धादिङ्ग, नुवाकोट, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका पतञ्जली योग समितिका पदाधिकारीहरु सहभागि भएका थिए ।





